हिजो जेठ १४ संविधान घोषणा गर्नुपर्ने अन्तिम दिन तर, हिजोपनि संविधान आएन । बरु संविधान जारी गर्न गठन गरिएको संविधान सभा अन्तत
संविधाननै जारी नगरी भंग भएको छ । प्रमुख दलका नेताहरु आ-आफ्नै अडानमा अडिएपछि यसपाली पनि संविधान जारी हुन सकेन् तर, संविधान सभा नै विगठन भयो । चार वर्षदेखि पनि सहमति जुट्न नसक्दा अन्त्यमा संविधान सभा नै भंग भएको छ । एकीकृत नेकपा माओवादी, कांग्रेस, एमाले र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान संशोधन गरेर व्यवस्थापिका संसदलाई नै संविधान सभाको जिम्मा लगाउने, संकटकाल लगाएर ६ महिना म्याद थप गर्ने वा ताजा जनादेशका लागि अर्काे निर्वाचन घोषणा गर्ने, यि तीन विकल्पमा बसेको बैठक विफल भएपछि सहमतिबिना नै संविधान सभा विगठन भएको प्रधान मन्त्री डा. बाबुराम भट्टराईले घोषणा गरे । दुई वर्षदेखि पटक पटक म्याद थप्दै चार वर्षसम्म आईपुग्दा पनि निर्लज्ज नेताहरुले संविधान पाउने आशामा रहेका नेपाली जनताको भावना संग खेल्नुका साथै त्यत्रो ठूलो जनआन्दोलनबाट प्राप्त गणतन्त्र पनि मजाक बनेको छ । यसका साथै संविधानमा आफ्नो पहिचान , हक र छुट्टै प्रदेशको माग गर्दै विगत केहि महिनादेखि बन्द तथा आन्दोलनमा होमिएका राजनैतिक तथा
विभिन्न जनजातिय संघ संस्थाहरु पनि हिस्स बुढी खिस्स दातँ भएका छन् । प्रधानमन्त्री डा.बाबुराम भट्टराईले संविधान सभा विगठन गरी मंसिर ७ मा संविधान सभाको नयाँ निर्वाचन गर्ने निर्णय गरेता पनि कांग्रेस एमाले, लगायताका प्रमुख दलहरुले संविधान सभाको नयाँ निर्वाचन अस्विकार गरेका छन् । सरकारमा सहभागी अन्य दलहरुसंग कुनै सहमति नगरी आफ्नो पार्टीको निर्देशनमा नयाँ निर्वाचन घोषणा गरेको भन्दै कांग्रेस लगायतका अन्य पाँच दलहरु सरकारबाट बाहिरिएका छन् । यस्तोमा आज गणतन्त्र दिवसको दिन नयाँ संविधान पाउने आशामा रहेका नेपाली जनता निराश हुनुका साथै कुनै पनि औपचारिक तथा अनौपचारिक कार्यक्रमहरु हुने नहुने केहि टुङ्गो भएको छैन् । समय हुन्जेल सत्ताको खेलमा अल्भिmएका नेताहरुले पटक पटक संविधान जारी गर्ने आसवान दिदैँ आएता पनि अन्त्यमा संविधान सभा नै विगठन हुदाँ नेपाली जनतामा निराशा र आक्रोस देखिएको छ । र संघीय लोकतान्त्रिक गणतन्त्र दिवस नै खल्लो भएको छ । यसै सन्दर्भमा हामीले यसपाली “Lets talk about it” स्तम्भमा यसैलाई मुद्दा बनाएका छौँ । कृपया तपाईहरुको यस प्रति कस्तो सोच रहेको छ , हामीलाई बताउँनुहोला ।