२५५६ औं बुद्ध जयन्ती हिजो नेपाल लगायत विश्वभरि मनाइयो । गौतम बुद्ध हिजोकै दिन नेपालको लुम्बिनीमा राजा शुद्धोधन तथा रानी माया देविको कोखबाट जन्मिएका थिए । केहि समययता बुद्ध नेपालमै जन्मिएको कुरा प्रष्ट पार्न गरिएका पहलहरु तथा पुष्टि भईसकेको यस अवस्थामा सरकारको लुम्बिनी विकासप्रति ध्यानाकार्षण भएको छ । त्यसै क्रमममा सरकारले सन् २०१२ लाई "लुम्बिनी भ्रमण वर्ष" घोषणा पनि गरिसकेको छ । लुम्बिनीको ऐतिहासिक महत्वको बारेमा जानकारी दिन, आन्तरिक तथा बाह्य पर्यटक भित्राउन, तथा लुम्बिनीको विकासगरि विश्व माझ चिनाउँनको लागि माओवादी अध्यक्ष पुष्प कमल दाहालको संयोजकत्वमा बृहत "लुम्बिनी राष्ट्रिय निर्देशन समिति"गठन गरेको छ । सरकारको तर्फबाट सुरु गरिएको यो पहल निकै
प्रशनसनिय भएता पनि यस समिति अन्तर्गत कुनै प्रभावकारी तथा दीर्घकालिन कार्यक्रमहरु भने अझै न संचालन हुन सकेको छ न त लुम्बिनी आन्तरिक पर्यटनको विकासको लागि केहि कदमहरु नै चालिएका छन् । हिजो बुद्ध जयन्तीको अवसरमा केहि कार्यक्रमहरु संचालन गरिएता पनि त्यो राष्ट्रिय स्तरको नहुदाँ त्यसको प्रभावकारितामा नै प्रश्न चिन्ह उठेको छ । लुम्बिनी विकास कोषले बुद्ध जयन्तीको अवसरपारि आयोजना गरेको समारोहमा लुम्बिनी विकासको निम्ती एक दशकको लागि "गन्तव्य लुम्बिनी" घोषणा गरिनुपर्ने कुरा अगाडि सारिएको छ । तर, सरकारको यसप्रति ध्यानाकर्षण हुने हो की होइन भन्ने कुरा भने अन्योल नै छ । त्यसो त सरकारले लुम्बिनी विकासको लागि तीन वर्ष अघि गुरुयोजना बनाइसकेता पनि अहिलेसम्म पनि चाहे अनुरुप उल्लेखनिय सफलताहरु हात पार्न सकेको छैन् । सरकारको यो असफलता भनु या निष्कृयता या गैर जिम्मेवारी , लुम्बिनी विकासको कुरा जस्ताको त्यस्तै छ । यसै सन्दर्भमा हामीले यसपाली "Lets talk about it" स्तम्भमा सरकारलाई यसप्रति झक्झकाउने प्रयास गरेका छौं । कृपया तपाईहरुको यस प्रति कस्तो सोच रहेको छ , हामीलाई बताउँनुहोला ।