Esewa Nepal
Rock On Sasa
Latest Update/ Daily News/ Daily Music Video/ Daily mp3 songs/ Weekly Countdown/ Interview - Pramod Nirwan/ Music Video of The Week - Maichyang Jaynmara by Sanjeev Singh / Rajina Rimal @ Frankly Speaking / Sameer Acharya @ Profile/ Sanu Shakya @ Model Watch/ मिडिया प्रतिको क्रेज आम युवामा किन ? - (Lets Talk About it) / पार्किङको नाममा ठेकेदारको ब्रह्मलुट- (Article). ::
डिजराज पौडेल  [Updated on 2012-03-29]
By: www.fursad.com 3307 views 0 Comments

 

 

           एक दशकभन्दा लामो समयदेखि नेपाली सांगतिक क्षेत्रमा निरन्तर रुपमा लाग्नुभएको गायक डिजराज पौडेललाई कुनै परिचयको आवश्यकता छैन् । विभिन्न कलेक्सन तथा चलचित्रहरुका गीतहरुमा आफ्नो आवज दिईसकेका गायक डिजराज आजकाल पनि गीत रिकर्डिङ्ग मै व्यस्त हुनुहुन्छ । "तिमी आउने बाटोमा" , "सुनैको दरबार" जस्ता लोकप्रिय गीत गाएका गायक डिज निकै राम्रा गजलकार पनि हुन् । प्रिय दर्शकहरु आजको यस अंशमा हामीसंग लोकप्रिय गायक डिजराज पौडेल हुनुहुन्छ । आउनुस उहाँको बारेमा उहाँका नजिकका तथा प्रिय साथीहरु के भन्नुहुन्छ हेरिहालौं ।




कविराज निरौला-

              डिजराज निकै राम्रा गायकका साथै निकै राम्रो मान्छे पनि हो । उहाँको स्वर पनि निकै राम्रो छ । आफैं कम्पोज पनि गर्नुहुन्छ । उहाँ धेरैजसो एउटै प्याटर्नमा गाउँनुहुन्छ । त्यो राम्रो पनि छ तर, अहिले समय परिवर्तन भईसक्यो साथै श्रोताहरु पनि । अहिले डान्सिङ्ग रकिङ्ग नम्बरहरु बढी चल्छ त्यहिँ भएर यस्तो गीतहरु पनि गाउँनुपर्‍यो । अनि हुन त उहाँ निकै फ्रयान्क हुनुहुन्छ तर कोहीँ नयाँ मान्छे उहाँसंग पहिलोचोटि बोल्दा अलि रुड छ की जस्तो लाग्न सक्छ त्यो कुरालाई अलि सुधार्नुपर्छ जस्तो लाग्छ अरु त सबै राम्रो छ । त्यहिँ हो ।





हिमाल सागर-

                  डिज निकै फ्रयान्क मान्छे हुनुहुन्छ । मेरो क्लोज फे्रन पनि हो । उहाँको गीत र गायिकी पनि निकै राम्रो छ । उहाँलाई अलि सुफी टाइपको गीतहरु गाउँदा उहाँको स्वरसंग निकै सुट हुन्छ जस्तो लाग्छ मलाई । मैले भन्नुपर्दा स्वर उहाँको निकै राम्रो , गीतहरुपनि राम्रो छन तर अलि भेराइटि ल्याउनुपर्‍यो । जस्तै फाष्ट ट्रयाकका गीतहरु पनि गाउँनुपर्‍यो । अरु त सबै राम्रो छ । असल व्यक्ति , असल गायक ।

 

 


रेश्मा सुनुवार-

                      हाँ निकै रमाइलो खालको व्यक्ति हुनुहुन्छ । जहिले ख्याल ठट्टा गर्ने , सेन्स अफ हिउमर निकै राम्रो छ उहाँको । निकै सकरात्मक विचारधाराको व्यक्ति हुनुहुन्छ । उहाँको गजल शैली राम्रो छ । गजल गाउँदा अडियन्ससंगको उहाँको अन्तरक्रिया मलाई निकै राम्रो लाग्छ । अनि उहाँ अलि चाडैँ विश्वास गर्नुहुन्छ मान्छेलाई त्यो चाहिँ अलिकति ख्याल गर्नुपर्छ जस्तो लाग्छ । त्यहिँ नै हो । राम्रो गायक, राम्रो मान्छे ।

 






दिनेश पौडेल-

              डिज निकै राम्रा गायक हुन्, आवज निकै राम्रो छ । उहाँ निकै मेहनति पनि हुनुहुन्छ । धेरैजसो कलाकारहरुमा समय व्यवस्थापनको अलि समस्या देखिन्छ तर,   डिज निकै समयको पावन्ध हुनुहुन्छ । त्यो उहाँको प्लस पोइन्ट हो । उहाँ भर्खरै वैवाहिक सम्बन्धमा पनि गासिँनुभएको छ , त्यसको लागि पनि शुभकामना । अनि सुधार्नुपर्नेमा अलि ड्रिन्क्स र चुरोट अलि कम गर्नुपर्‍यो । यो बाहेक अरु ठीक छ ।

 



More Topics ...

Rajina Rimal
finest female singers found in Music Industry.............. www.fursad.com

Astha B
she has been able to make a both name and fame inside and outside the Music Industry............. www.fursad.com

Agantuk Kharel
While talking about her singing, she is a good average singer. www.fursad.com

 
 
Nep Tel Life & Times Free Download Mp3 Onlne Radio , quality stock photos, high quality stock photography, quality stock photos, nepali articles, article writing, views, thoughts,nepali society,nepali artist, celebrities,bands,singers,actors,actresses,models profiles,interviews,thoughts,bands profiles,celebrities profiles,singers profiles,musician profiles etc. interview and profiles of nepali artist,nepali celebrities,nepali singers,nepali personalities,nepali djs', nepali bands. articles for nepalese, article about nepal, articl merokhabar Tapting Sherpa