आत्मा साक्षि राखि, लाएको हाम्रो प्रमलाई, आउ मिली जिवन दिऊ यसलाई, जोरिपारी म हसाउने छैन..... यो गीत गायक धमेन्द्रले आपनी धर्मपत्नी सुमिनाको हात समाउदै उपस्थीत आफन्तजन र नजिकका संचारकर्मी माझ औपचारीक रिसेप्सन पार्टिमा सुनाए । गत महिना मात्र प्रणयसुत्रमा बाधिएका धमेन्द्र र सुमिना सबैको सामुन्ने प्रस्तुत भए ।
धमेन्द्रको व्यक्तित्व, विचार र गायकी बाट आफु प्रभावित भएको र
सो चिनारी प्रेममा परिणत भएको हो -लाजउदै फुर्सद संग बताइन् सुमिनाले ) जुन प्रेमले विवाहको रुप लिइ सकेको छ ।
उक्त समारोह संचारकर्मी भुपेन्द्र खड्काले संचालन गरेका थिए जसमा अर्का संचारकर्मी नरेश भट्टराईले शुभकामना मन्तव्य, गायक सन्तोष लामा धमेन्द्रका निकट मित्र हुन् उनले शुभकामना एवं सुमिनाको रोजाईको गीत, रेश्मा सुनुवारले पनि सोही गरिन् र धमेन्द्रकी दिदि अनुले पनि शुभकामना गीत गाइन् आपनो भाई वुहारीका लागि । गायक धमेन्द्र र सुमिना लाई धेरै बधाई र शुभकामना आईरहेको उज्जल भविष्यको लागि ।