छिमेकी भाषाको उखान मा एउटा भनाई छ देर आए दुरुस्त आए सोहि कुरा चरितार्थ भएको छ यहाँ एक चलचित्रमा लामो
समय को प्रतिक्षा पछि नेपाली फिल्म इन्ड्रस्ट्रीमा प्रतिक्षारत र धेरै नै नयाँ प्रयोग भएको भनिएको फिल्म टाटा बाई बाईको अफिसीयल पोस्टर र प्रोमो रिलिज गरिएको छ । केही वर्ष अघि नै सुटिङ्गको प|mोर्लमा गएको यो फिल्म चाडै नै प्रदर्शनमा आउने अपेक्षा गरिए विपरीत लामो समयको अन्तराल पछि मात्र आउने अक्टोवर तिर मात्र रिलिज हुने यसका निर्माता नरेश देव पन्त ले फुर्सद लाई जानकारी गराएका छन् ।
विभिन्न प्राविधिक कारणले प्रदर्शनमा आउन ढिला भए पनि प्रकृति र नारी संग सम्वन्धित रहेर हाल वनिरहेको मुलधार का फिल्म भन्दा फरकधार बाट निर्माण भएको यस चलर्चित्रमा दिया मास्के, उषा रजक, झरना वज्रचार्य, सुनिल थापा, प्रशान्त ताम्रकार जस्ता स्थापित कलाकारहरुको मुख्य भुमिका रहेको छ भने शिशिर वाङदेल र मनिष ढुङ्गेल जस्ता नव कलाकारको अभिनय पनि हेर्न पाइने छ । सिजापति फिल्मस र माहुरी ईन्टरटेन्मेन्टको संयुक्त प्रस्तुति रहेको यस चलचित्रलाई निर्देशक उदय सिजापति ले निर्देशन गरेका छन् । हाल केहि पोस्टर र एक प्रोमो मात्र सार्वजनिक गरे पनि अव को केहि समय पछि हुने औपचारिक पत्रकार सम्मेलन मा फिल्मको विस्तृत रुपमा जानकारी गराइने कुरा निर्माता नरेश देव पन्तले फुर्सद लाई वताए । चलचित्र टाटा बाई बाईको संम्पुर्ण युनिट लाई सफलताको हार्दिक शुभकामना ।।।
click here for video: <iframe width="560" height="315" src="http://www.youtube.com/embed/H8kkF3BXAuM" frameborder="0" allowfullscreen></iframe>
bhayoo ??