हृङकङ आइडिल २०११ वन्न सफल गायक राज ल्याटिनो प्रीन्स
नेपाली डेव्यू एल्वम निकालेका छन् ।
हृङकङमा वसे पनि नेपाली संगीत क्षेत्रमा लाग्न उनले धेरै भन्दा धेरै गीत,संगीत सुन्ने र अभ्यास गर्ने गर्थे । उनको सपना हृङकङ आइडिलले विपना वनाइदिए पछि उनले लाइफ टाइम क्रीयशन बाट सो एल्वम सार्वजनिक गरेका हुन् ।
शव्द, संगीत र स्वर सवै राजले नै गरेका हुन भने छम्म छम्म नाचिदेउ नामक बोलको गीत भुषण दाहालको निर्देशन, विदु पाण्डेको छायंाकन, इकिल्पस एनिमेशनको सम्पादनमा भिडियो निर्माण गरेका छन्, मोडल स्वयम आफु एवं सिम्पल खनालले गरेकी छिन् ।
ल्याटिनो प्रीन्सले राजको सांगीतिक यात्रालाई सफलता दिलाओस हार्दिक शुभकामना फुर्सदको तर्फ बाट ।।।