असार, साउन महिना कन्सर्टका लागि त्यती सजिलो मौसमका रुपमा लिदैनन् कार्यक्रम आयोजकहरु । मौसम प्रतिकुल हुने भएकोले दर्शकहरु को संख्या न्यून रहने भयले यी मौसमहरुमा राष्ट्रिय कलाकारहरु एल्वम मेकिङको समय मान्दछन् तर गायक "रामचन्द्र कापले भने असार महिनामा व्यस्त नै
रहेको वताए फुर्सद सँग भेटघाटको क्रममा ।
१६ गते म्याग्दीको वेनीमा आयोजना हुन लागेको एक सांगीतिक कार्यक्रममा रामचन्द्रको एकल प्रस्तुतीमा "मारुनी कला केन्द्र"ले आपनो वार्षर्िकि को अवसरमा उक्त कन्र्सट गर्न लागेको हो । सोहि कार्यक्रम पछि वेनिको रमणिय द्वश्यलाई आपनो म्यूजिक भिडियोमा समावेश गर्नलाई गइरहेको जानकारी दिए ।
यस पश्चात रामचन्द्र " सिक्किम सरकार"ले भानु जयन्तीको अवसरमा "ग्याङटोक"मा आयोजना हुन गइरहेको कार्यक्रममा जाँदै छन् , अन्य राष्ट्रिय ख्याती प्राप्त कलाकारहरु सँग । जसमा सदावाहार गायिका विमला राई,सत्यराज आचार्य,हेमन्त राना पनि उक्त कार्यक्रमका आकर्षणका रुपमा रहने छन् । आसार २७ र २८ गते आयोजना हुन गईरहेको सो कार्यक्रमका प्रमुख आथित्य मुख्य मन्त्री "पवन चाम्लिङ"ले गर्नु हुने छ ।
गायक रामचन्द्र कापलेको व्यस्थता अझै चुलियोस, सम्पुर्ण सहभागी कलाकारलाई पनि हार्दिक शुभकामना ।।।