"स्टील लभिङ यु " नामक एल्वम बाट नेपाली सांगीतिक आंगनमा डेव्यु गरेकी गायिका "प्रजिता गेलाल" हाल आपनो दोश्रो एल्वमको मेकिङ्गमा
व्यस्त छिन् ।
"झुमी झुमी " नाम जुरेको यो एल्वमको म्यूजिक भिडियो को निमार्ण हुने क्रममा चटारो परेको जानकारी गराईन गेलाल ले फुर्सदलाई । "झुमी झुमी रहन्छु म, तिम्रो यादमा....... " वोल को उक्त गीतको म्यूजिक भिडियो "निकेश अधिकारी"को छ भने छायांकन् "लुजा"ले गर्ने भएका छन् । उक्त गीतको शव्द र संगीत "जोहेव मानन्धर"को रहेको छ ।
अव आउने सो भिडियो एवं एल्वमले नेपाली संगीतमा एउटा वेग्लै छाप छाड्ने आसा उनको रहेको छ । "झुमी झुमी " एल्वम को वजार व्यवस्थापन " म्यूजिक मेनिया ईन्टरटेन्मेन्ट" ले गर्न लागेको हो । गायिका "प्रजिता गेलाल" भावि एल्वम अनि म्यूजिक भिडियो को सफलताको लगि शुभकामना