विगत केहि वर्षदेखि आफ्नो व्यक्तिगत कारणले गर्दा नेपाली सांगितिक क्षेत्रबाट ओझेल हुनुभएकी गायिका सिन्धु मल्ल अहिले फेरी आफ्नो नयाँ एल्बम "कस्तो मिठो पिडा" का साथ आफ्नो श्रोतामाझ पुर्नआगमन गर्नुभएको छ । एक समय निकै लोकपि्रय लोकदोहरी तथा आधुनिक गायिका रहनुभई सकेकी मिठो स्वारकी धनी गायिका सिन्धु मल्लसंग फुर्सदको कुराकानी ।
. अहिले के मा व्यस्त हुनुहुन्छ ?
अहिले म प्रोग्रमहरुमा व्यस्त छु । त्यसको साथै आफ्नो नयाँ एल्बम "कस्तो मिठो पिडा" को प्रमोसनमा लागि रहेको छु । अनि फेरी यहीँ एल्बमको प्रमोश्नल गीत "माया यो कस्तो हो रेशम" हामीले ई-मेज च्यानलमा मात्र दिएका छौँ अब वैशाखपछि चाहीँ सबै मिडियातिर दिने तयारीमा छु ।
. तपाईंको नयाँ एल्बम "कस्तो मिठो पिडा" मा कस्तो गीतहरु समावेश गर्नुभएको छ ?
यसमा मैले सबै खालको गीतहरु समावेश गर्ने कोसिस गरेको छु । फ्ास्ट ट्राय्कदेखि लिएर रोमान्टिक, लोक बेसको गीतहरु समावेश गरेको छु । जस्तै यो एल्बमको प्रमोश्नल गीत "माया यो कस्तो हो रेशम" फ्ास्ट ट्रयाकको गीत हो । नेपालमा धेरैजसो गायिकाहरुले भन्दा पनि गायकहरुले मात्र फ्ास्ट ट्रयाकमा गाउँने गरेकोमा मैलेँ पनि प्रयास गरेको हुँ ।
. यति लामोसम्म कहाँ हराउँनुभएको थियो ?
अह, कहिँ हराएको थिइन । यसमा पनि धेरै कुराहरु छन् । पहिले एल्बमहरु निकाल्दै जादाँ तु/mन्तै अर्काे एल्बम निकाली हाल्नुपर्ने जस्त्ाो नलागेर निकालिन । फेरी १, २ वर्ष जति बाहिर प्राेग्रामहरुमा व्यस्त भए । फेरी बच्चा जन्मिएपछि उतैतिर व्यस्त भए त्यहिँ भएर एल्बम निकाल्न पाइन् ।
.यति लामो अन्तरालपछि एल्बम निकाल्नुभयो , पहिले
र अहिलेमा केहि भिन्नता पाउँनुभयो की भएन ?
त्यति धेरै भाष्ट भिन्नता त केहि पाइन । त्यहिँ हो समयसंग चल्नुपरि हाल्यो । श्रोताहरुकै लागि गीत गाउँने हो अब उनीहरुको रुची के मा छ त्यहिँ अनुसारको गीतहरु ग्ााउँनुपरि हाल्यो नि ।
. तपाईं एकसमयको निकै लोकपि्रय गायिका, तपाईंको छुट्टै उचाई थियो , तर, यति लामो समय ग्याप भयो , अब फेरी त्यो स्ट्यान्डरलाई कसरी मेनटेन गर्ने सोच राख्नुभएको छ ?
एकचोटि पिकमा पुगि सकेपछि त्यसलाई मेनटेन गर्न ग्राह्रो हुन्छ । सधै टपमा रहन सकिन्न । म जस्तै अरु धेरै गायिकाहरु पनि हुनुहुन्छ । फेरी सधै एकै ठाउँमा निरन्तर रुपमा लागि रहन्छु भन्दा पनि नसकिदो निमिल्दो रहेछ । म आफ्नो तर्फबाट त पुरा कोसिस गर्दै छु र गर्ने नै छु हेरौं भविष्यमा अब के हुन्छ ।
. तपाईंले सांगीतिक माहोलचाहिँ कस्तो पाउँनुभयो ?
सांगीतिक माहोल राम्राे नै छ । नयाँ श्रष्टाहरु, नयाँ गायक गायिकाहरुको आगमन भएको छ । त्यो धेरै राम्रो लाग्यो, पहिले अहिलेजस्तो खासै धेरै गायीकाहरु हुनुन्थ्यो थियो । अहिले महिला गायिकाहरुको राम्रो वर्चस्व रहेको पाए । कम्पिटिसन पनि धेरै छ । श्रोताहरुलाई पनि राम्रो गीतहरुको ज्ञान भईसकेकोले चल्नको लागि निकै राम्रो गीत हुनुपर्छ अहिले । सांगीतिक बजारपनि निकै ठूलो भएको छ अहिले ।
. सांगीतिक क्षेत्रमा नलागेता पनि तपाईंले पब्लिक अपेरियन्सपनि कहिँ देखाउँनुभएन नि ?
अँ......धेरैजस्तो फेमलीलाई समयदिदाँ व्यस्त भए । कहिले के कहिले के गर्दा-गर्दै भ्याइएन । फेरी एल्बम ननिक्लीदाँ मान्छेहरुले खासै चासो पनि दिदैनन् । मिडिया पनि त्यहिँ हो । त्यहिँ भएर होला ।
. तपाईको एन.जि.ओ पनि छ रे ?
मेरो श्रीमान्को एन.जी.ओ छ । म पनि त्यसमै आवध छु ।
. एन.जी.ओ को बारेमा थप भनिदिनु न ?
हाम्रो एन.जी.ओ ले पब्लिक अवेरनेस मा काम गर्छ । जनमानसमा विभिन्न कुराहरुलाई दिएर चेतना जगाउँने काम गछौँ । यसकै लागि विभिन्न जनस्तरको कार्यक्रमहरु प्नि संचालन गर्ने गर्दछौँ ।
. अन्त्यमा आफ्ना श्रोताहरुलाई के भन्न चाहनुहुन्छ ?
नेपाली गीत संगीत निकै धरासय हुदैँ गएको छ । सि.डि.हरुको बिक्रि वितरण पनि थप्प छ । श्रोताहरुलाई चाहिँ एल्बमहरु किनेर सुनिदिनु हुोला । अनि फेरी मेरो नयाँ एल्बमपनि चाडैँ बजारमा आउँदै छ किनेर सुनेर सुझाव तथा प्रतिक्रिया दिनुहोला भन्ने अनुरोध गर्छु ।
. तपाईंको समयको लागि धेरै धन्यवाद र शुभकामना ?
फुर्सदलाई पनि धन्यवाद ।