हास्ँय श्रृंखला "मेरी बास्सैँ " बाट "माग्ने बुढो" पात्रको रुपमा देश-विदेश ख्याति कमाएका हास्ँय कलाकार केदार घिमिरेलाई कुनै परिचयको आवश्यकता छैन् । सानो बच्चादेखि वृद्धजन उहाँलाई नचिन्ने कोहि पनि छैनन् । कलाकारमात्र नभई उनी "मेरी बास्सैँ" का निर्देशक तथा लेखक पनि हुन् । विशेषगरी ग्रामिण नेपाली सामाजिक परिवेशलाई समेटेर कथामा ढालेर त्यहाँको जिवनशैली, समस्याहरुलाई प्रस्तुत गर्न उनी निकै माहिर छन् । उनै बहु प्रतिभाशाली केदार घिमिरेसंग फुर्सदको कुराकानी ।
. अहिले के मा व्यस्त हुनुहुन्छ ?
अहिले "मेरी बास्सैँ" को सुटिङ लगायत स्टेज प्रोग्रामहरुमा व्यस्त छु ।
. "माग्ने बुढो" कस्तो पात्र हो र उसको भुमिकाको के हो ?
माग्ने बुढो, गरिबीको रेखामुनि रहेका नेपाली जनताको प्रतिनिधि पात्र हो । उनीहरुलाई पर्ने सामाजिक तथा आर्थिक समस्या, उनीहरुको रहनसहन, पारिवारिक पृष्ठभुमीलाई देखाउँने प्रयास यो पात्रले गर्छ । कति मान्छेहरु कस्ता हुन्छन भने आफू चाहिँ केहि नगर्ने, अरुले गरेको पनि देखि नसहने र फेरी आफूलाई गाह्रो पर्दा उनीहरुलाई नै माग्न जान्छन् , त्यस्तै भुमिकामा माग्ने बुढोलाई प्रस्तुत गरिएको छ ।
. मेरी बास्सैू हास्ँय श्रृंखलाको मूख्य उदेश्य चाहिँ के हो ? तपाई आफैँ यसको निर्देशक हुनुहुन्छ , तपाईंले यस मार्फत के देखाउँन खोज्नुभएको छ ?
मेरी बास्सैँले ग्रामिण परिवेशलाई समेटेको छ । यसले राजनैतिक व्यङ्ग्य हान्दैन्, केबल सामाजिक, अलि बढी राष्ट्रियता झल्काउने खालको छ । यसको मुख्य उदेश्य भनेको समाजिक समस्यालाई सम्बोधन गरेर त्यसलाई सुल्झाउने प्रयास गर्ने नै हो । यसो गर्दा राम्राे हुदैँन, यसको सट्टा यो पो गर्ने हो की खालको उपायहरु समेट्ने कोसिस गर्छाैँ । समाजमा फैलिएका विकृति तथा विसंगतिलाई विभिन्न पात्रमार्फत देखाएर त्यसको समाधन गर्ने प्रयास मात्र हो । म आफू निर्देशक भएको नाताले , समाजमा बसिसकेपछि विभिन्न प्रकारका मान्छेहरु हुन्छन् । उनीहरुको आफ्नै प्रकारको जीवनशैली या भनौ मुल्य मान्यताहरु हुन्छन्, यि विभिन्न परिवेशका व्यक्तिहरुलाई विभिन्न पात्रहरुमार्फत देखाउँने प्रयास गर्छु ।
. "मेरी बास्सैँ " बाहेक अरु के गर्नुहुन्छ ?
म्ोरी बास्सैँ बाहेक स्टेज प्रोग्रामहरु गर्छु । त्यो बाहेक चाहिँ अरु केही गर्दिन् ।
. तपाईं र सिताराम दाई -धुर्मुस) त छुट्टएिको भन्ने हल्ला छ ? सुटिङ पनि बेग्ला-बेग्लै गर्नुहुन्छ रे ? के यो सत्य हो ?
धेरै राम्रो प्रश्न गर्नुभयो तपाईंले । मेरी बास्सैँको २०० भन्दा बढी भाग भईसक्यो हामीले छुट्टा-छुट्टै छायांकन गरेको । हामी स्टेज प्रोग्राम छुट्टै गर्छाैं त्यो ठीक हो । तर, जुन हल्ला छ की हामीबीच कुटाकुट भयो रे , मारामार भयो रे , बोलचाल छैन् रे भन्ने त्यसो चाहीँ होइन् । हिजो बिहानमात्र मैले धुर्मुसको घरमा लोकल कुखुरा, भात खाएर आएको, पछि फर्किदा पनि उसले मलाई पाँच कि.मीसम्म आफ्नै गाडिमा छोडिदियो । यदि छुटेको भए, उसको घरमा भात खान त जान्न थिए नि । ति सबै वाइयात कुराहरु हुन् । हामीबीच बोलचाल राम्रै छ ।
. तर, हावा नचलि पात त हल्लिदैन् होइन र ?
मैले भनिहाले नि हामी सुटिङ चाहिँ छुट्टाछुट्टै गर्छौ , पछि त्यसलाई कम्बाइन गर्ने मात्र हो । तर, बोलचाल छैन्, हातपात भयो भन्ने कुरा चाहीँ होइन् । पर्सनल स्पेस भन्ने सबैको हुन्छ त्यतिमात्र हो । तर, बाहिर फैलिएको नचाहिँदो हल्ला जस्त्ाो चाहिँ केही छैन् ।
. माग्ने बुढो कस्तो छ, त्यो त सबैलाई थाहा छ तर, केदार घिमिरे चाहिँ आफूमा कस्तो हुनुहुन्छ त ?
म एकदमै भावुक छु । अस्ति झापामा ,त्यहाँको युवा क्लबले मलाई सम्मान गर्यो, त्यहाँ मन्तव्य दिदा दिदैं रोए पनि । देशप्रमी, अरुलाई पनि देशलाई माया गर्नुपर्छ भन्ने खालको छु । म सात वर्षको हुदँा मेरो आमा बित्नुभयो, मेरो बाल्यकाल निकै दुखद पनि थियो । म आफैले पनि संघर्ष गरेर आएको हुदाँ आफू अन्तर्गत काम गर्नेहरुलाई कहिले गालि गर्दिन् । ऊ पनि म जस्तै संघर्ष गर्दै छ भन्ने लाग्छ, त्यसैले सेटमा कहिले निर्देशकको जस्त्ाो हप्काउँने , कराउँने गर्दिन् ।
. तपाईं निर्देशक पनि कलाकार पनि तथा लेखक पनि हुनुहुन्छ । यसमा कसरी तालमेल
मिलाउनुहुन्छ ?
म, गाहो त अलि ग्राहै हुन्छ । निर्देशक भएर त्यसमा बढी ध्यान दिदाँ मेरो एक्टिङमा अलि असर परिरा होला फेरी एक्टिङ गर्दा लेखनमा बाधा भईरा होला । तर, नेपालमा कुनै एक मात्र पेशालाई व्यवसायिक रुपमा त्यसलाई मात्र अंगालेर बस्न गाह्रो छ । त्यस्तो दिन नेपालमा पनि आओस भन्ने कामना गर्छु ।
. तपाईं निर्देशक की, कलाकार की, लेखक ?
म कलाकार नै हो । मैले अरु जुन व्यवसायमा हात हाले पनि चाहेँ निर्देशनमा होस् वा लेखनमा म आफूले आफैलाई चिनाउँदा चाहिँ म कलाकार नै हो । मेरो रुचि तथा प्यासनपनि यसमै छ ।
. त्यसो भए कलाकारिता भनेको के हो त ?
छोटकरीमा भन्नुपर्दा नक्कल गर्नु नै कलाकारिता हो । यो एउटा ऐना पनि हो, जसले गर्दा मानिसले समाज हेर्छ र समाज नै देख्छ । र, म कलाकार भएको नाताले त्यहिँ गर्ने प्रयास गर्छु ।
. तपाई एउटा हास्यँ कलाकार, एउटा राम्रो हास्य कलाकार हुनकोलागि के कस्ता विशेषताहरु चाहिन्छ ?
पहिले त , म राम्राे हास्ँय कलाकार भईसकेको छैन् । तर, पनि एउटा राम्रो हास्यँ कलाकार हुनलाई फन कुराहरु सोच्नुपर्यो । अरुलाई हसाउँन पहिला आफै हास्नुपर्यो । विदेशमा फन नै कमेडि हो तर, नेपालमा त्यस्तो छैन् । नेपालमा समग्र राजनीति बुझ्न जरुरी छ ।
. बिर्सिन नसक्ने क्षण ?
बिर्सनै नसक्ने त धेरै छन् तर, मेरी बास्सैँको सुटिङको क्रममा, एउटा भागमा मलाई गुण्डाहरुले अपहरण गरेर मेरो हात बाधेँर आखाँ बन्द गरेर त्रिसुलीबाट हाम फाल्ने सिन छ । त्यो चाहीँ मलाई धेरैले नगर भनेका थिए । निकै रिस्की थियो । तर, मैले गरे । हाम फालेपछि पानी भित्र हतार हतार हात खोलेर आखाँ पट्ट िखोले त्यो नै अविस्मरणिय क्षण थियो । त्यो सायद म कहिले बिर्सने छैन् ।
. तपाईंको भावि योजना ?
नेपाली कलाकारितालाई विश्वमा कसरी पुर्याउँने, चिनाउँने भन्ने सोच छ, त्यसैमा गृहकार्य पनि गर्दैछु । त्यसको बारेमा चाहिँ अहिले केही नभनौँ । पछि तपाईंले पनि आफै थापा पाउँनु हुनेछ ।
. अन्त्यमा, तपाईंको थप सफलताको शुभकामना तथा तपाईंको समयको लागि धेरै धन्यवाद ।
फुर्सदलाई पनि धन्यवाद ।