The article below has been reproduced exactly the way it was sent to us by the contributor. No editing of any nature has been done so as to keep the authenticity of the writer's experience in his/her own words intact.(except for spelling corrections for obvious reasons) --- Editor (www.fursad.com)
एक्काईसौँ शताब्दीको आधुनिक विश्व तिव्रताका साथ अगाडि बढ्दै गएको छ । विज्ञान तथा प्रविधिको विकास संगसंगै आजको विश्व झन्-झन् सुविधा सम्पन्न हुदै गैरहेको छ । अहिलेको तेज रफतार समयमा मानिसहरु यसरी अगाडि बढ्नुका साथै अल्भिmएका छन् की उनीहरुलाई आफैँ वरिपरिको संसारको बारेमा केहि थाहा छैन् । त्यसमा पनि आफ्नो घरको आगो पनि अरु कोही आई निभ्याइदिए हुन्थ्यो जस्तो प्रवृतिका हामी नेपाली, आफ्नै देशको दाजुभाईहरुको दुख कहाँ देखथ्यौँ र ? विश्वकै सबैभन्दा दुर्गम क्षेत्रहरुमध्येको एक,उपल्लो डोल्पा अति नै विकट क्षेत्र हो । विकासका सबै पुर्वाधारहरुवाट वञ्चित यहाँका मानिसहरु प्राकृतिक र भौगोलिक रुपले पनि विभिन्न चुनौतिहरुको सामना गर्न बाध्ँय छन् । यहाँ मानिसहरु अझैँ पनि साधारण आवश्यकता पुरा गर्न कोही गोबर टिप्छन्, भेडा च्याँगा्र चराउँछन्, कोही ऊन बुन्छन् त बर्षर्ेनि हिउँद छल्न अन्य केही उपाय तथा विकल्प नहुदाँ बसाईसराई गर्दै कठिन जीवनशैली यापन गर्दै आईरहेका छन् । यस क्षेत्रप्रति आजसम्म पनि सरकारको ध्यानाकर्षण नहुदाँ तथा सरकारले समेत अपहेलना गरेता पनि नेपाली भएको नाताले आफ्नो कर्तव्य मानि एक युवकले यो जिम्मेवारी आफ्नै काँधमा उठाएका छन् । यसरी विकासका सबै पुर्वाधारवाट वञ्चित उपल्लो डोल्पाका कुना-काप्चाका दुर्गम गाँउहरुमा विकासका प्रमुख पुर्वाधारहरु शिक्षा र स्वास्थ्यको विकाससंगै त्यहाँको संस्कृति, सामाजिक, आर्थिक विकास र जनचेतनाका विभिन्न क्रियाकलापहरु ग्ार्दै विगत सात वर्ष सन् २००५ देखि निरन्तर प्रयासरत लागि परेका ती युवक हुन्, विनोद शाही नेवा । आफू काठमाण्डौ निवासी भएर एक्काइसौं शताब्दीका सुखबाट पर हटेर उनले आफैं हिमाली क्षेत्रमै पहिलो र एकमात्र विदेशी सहयोग बिनाको नितान्त नेपाली साथ र सहयोगमा "येक्षर प्राथमीक विद्यालय" पनि संचालन गरेका छन् ।
समय निकै बलवान छ । जीवनले कतिबेला आफूलाई कहाँ पुर्याउँछ कसैलाई थाहा छैन् । कतिपय हामीहरु आ-आफ्नै जीवनको यहिँ भुमरीमा अल्भिmन्छौ त कति हामी यसलाई परिवर्तन गर्न आफ्नो तर्फबाट पहल गर्छाैँ । यस्तै छ विनोद शाही नेवाको यात्रा पनि । उनले यस क्षेत्रको विद्यार्थीहरुलाई शिक्षित गर्नुका साथै यहाँका मानिसमा जनचेतना फैलाउने काम गर्दै आएका छन जुन आफ्ैँमा निकै उदाहरणीय र प्रशंसनिय छ ।
नेपाल विश्वकै तेस्रो राज्यको सुचिमा पर्दछ तर, हामी नेपालीहरुको मन निकै ठूलो र उदार छ । हाम्रो देशमा पनि विकासका सम्भावनाहरु थुप्रै छन् । प्राकृतिक, साँस्कृतिक, आर्थिक तथा सामाजिक विकासको सम्भावनाहरु प्रशस्त भएता पनि अज्ञानता र अरुचिका कारण हामी सानो भन्दा सानो समस्याको निधानको लागि पनि अरु विदेशी संस्थाहरुको मुख ताकी आफ्नै दाजुभाई तथा दिदीबहिनीहरु पिडामा हुदाँ केबल मुक दर्शक मात्र बन्छौँ । तर हामी यो कुरा किन बिर्सिन्छौँ की आज उनीहरु पिडामा छन् त भोली उनीहरुको ठाउँमा हामी हुन सक्छौँ । समय सधै एकनासको कहाँ हुन्छ र ? समस्यालाई जति टाल्दैँ गयो त्यति नै त्यसले झन् विकराल रुप लिदैँ जान्छ । त्यसैले हामीबीच रहेको यो प्रवृतिलाई हटाउँदै, एक पटक हामीले आफ्नो मनभित्रको मानवतालाई झकझकाउँनै पर्दछ । सात वर्ष अगाडि एकल युवाले गरेको प्रयासले आज त्यहाँका बालबालिकाहरुको शिक्षा, स्वास्थ्य तथा जनचेतनाप्रति पहुँच बढ्दै गएको छ भने हामी सारा नेपाली त करडौँको संख्यामा छौँ नि ? एकल युवकको प्रयासले आज यतिको परिवर्तन आउँन सक्छ भने हामी नेपाली यो प्रयासमा हातेमालो गर्दैँ अगाडि बढौँ भने भोली डोल्पाको नक्सा बदलिन कति नै समय लाग्छ र ? त्यसैले यस विद्यालय संचालन तथा पुरै डोल्पाको विकास गर्न आवश्यक श्रोत साधन कोष सहयोगको लागि नेपाल भित्रैबाट र हामी नेपालीहरुबाट मात्रै सहयोग जुटाउदै दुर्गम ग्रामिण क्षेत्रको विकासको लागि अब भने हामीले पाइला चाल्नै पर्दछ । के बालबालिका, के युवा, के गृहणी र के वृद्ध, चाहने हो भने हामी सबैले आ-आफ्नो तर्फबाट जतिसक्दो मदत गर्न सक्दछौँ र हामी फुर्सद परिवार यसको लागि सबैमाझ हार्दिक अनुरोध पनि गर्दछौँ । यदि तपाई विद्यार्थी हुनुहुन्छ त कलम, कापी, किताब दिएर मदत गर्नुहोस् , यदि तपाई युवा शिक्षित हुनुहुन्छ त त्यहाँका विद्यार्थीहरुलाई शिक्षा प्रदान गर्न छोटै समयाको लागि भएपनि अस्थायी शिक्षकको रुपमा शिक्षा बाढ्न जाऔँ । हामी सबै आ-आफ्नै ढंगले सक्षम छौँ त्यसैले हामीले आफ्नो क्षमता अनुरुप मदत गर्नैपर्छ । फुर्सदको तपाईहरु माझ यहिँ अनुरोध छ । र सबै क्षेत्र वर्ग समुहका व्यक्तिहरुलाई सहभागी र सक्रिय बनाई सबैबाट मदतको लागि आग्रह गर्दै हिडेका विनोदलाई फुर्सदको पुरा साथ, सहयोग तथा समर्थन छ ।
साचैँ नै हामी नेपाली गर्न चाहने हो भने के मात्र गर्न सक्दैनौँ र तर, हाम्रो अज्ञानता भनु या अरुचि हामी यस्ता कुराहरुमा अल्झनै चाहदैँनौ । यहाँ हामी यसरी विलासिताका साथ जीवन यापन गरिरहेका छौ तर, उपल्लो डोल्पामा हाम्रा आफ्नै दिदीबहिनी तथा दाजुभाईहरुलाई आफ्नो सानोभन्दा सानो आवश्यकता पुरा गर्न पनि निकै गाह्रो भईरहेको छ । त्यहाँका मानिसहरुलाई शिक्षा, स्वास्थ्य तथा जनचेतना जगाउँन हेतुले एकल व्यक्ति, विनोद शाही नेवाबाट चालिएको यस कदमलाई फुर्सदले पनि साथ दिदैँ अगाडि बढेको छ ।
सरकार र विदेशी दाताको मुख नताकी सात वर्ष अगाडि सुरु गरिएको यस एकल प्रयासमा आजसम्म आईपुग्दा धेरै नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले आ-आफ्नो तवरबाट सर-सहयोग गर्नुभएको छ र गर्दै पनि आउँनुभएको छ । तर, यतिले मात्र कहाँ पुग्छ र । हामीले यसमा गर्नुपर्ने अझैं धेरै छ । हाम्रो देश नेपाल गरिब तथा हामी नेपाली जनता गरिब भएता पनि अब सधैँ विदेशी दाताको भर परेर बस्ने समय छैन् । अब समय आईसक्यो की हामीले सबै समस्याहरु आफ्नो हातमा लिएर त्यसलाई समाधान गर्नैपर्छ । फेरी हामी नेपाली त्यति गरिब तथा निरदयी पनि त छ्र्रैनौँ । त्यसैले यस लेख मार्फत हामी फुर्सद परिवार सबै आम नेपाली जनतालाई सहयोगको लागि हार्दिक अनुरोध गर्दछौँ । हामी फुर्सद परिवार सांगीतिक बजारसंग सिधा सम्बन्ध राख्ने वेभसाइट हौँ । हाम्रो पहुँच नेपाली सांगीतिक क्षेत्रसंग छ , यसैलाई मुल आधार तथा हतियार बनाउदैँ हामीले नेपाली सांगीतिक क्षेत्रमा आवद्ध सबैलाई सहयोगको अपिल गर्दै कोष संकलन गरेका छौँ । हामीले त हाम्रो तर्फबाट सक्दो पहल गर्यौ र गर्दै छौ । यसमा पनि हामीले गर्नुपर्ने अझै धेरै छ । र हामी यसका लागि पुर्ण रुपमा तयार पनि छौँ । त्यसैले हामी सबैलाई सहयोगको लागि आग्रह गर्दछाँै र सहयोग गर्नको लागि तपाई हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ हाम्रो वेभसाइट,www.fursad.comसहयोग गर्नुहुने सबै सहयोगकर्ताहरुको नाम हामी हाम्राे वेभसाइटमा प्रकाशन गरिदिने जानकारी पनि यसै लेखद्वारा गर्दछौँ । याद राखौँ, तपाईको सानो प्रयासले कसैको जीवनमा ठूलो परिवर्तन आउन सक्छ र तपाईँको यहिँ सोचले गर्दा तपाई अरुको प्रेरणाको श्रोत पनि बन्न सक्नुहुन्छ । आखिरमा सेवा नै त धर्म हो , थोपा थोपा मिलेर नै त समुन्द्र बन्छ । हाम्रो सानो प्रयासले गर्दा डोल्पाका मानिसको जीवनस्थर, शिक्षा स्वास्थ्यका सुविधाहरु उनीहरुले प्राप्त गर्न सक्दछन् भने किन नगर्ने त । यहि कुरालाई आत्मसाथ गर्दै हामी यसै विज्ञप्ती मार्फत सबै देश तथा विदेशमा रहनुभएका सबै नेपालीलाई सहयोगको लागि आवहान गर्दछौँ ।
नोटः सहयोगको लागि फुर्सद डट कम को कार्यलयमा सम्र्पक रख्न सक्नु हुनेछ । फोन नं +९७७-०१-४२५३३४६